मिरमिरे, उज्यालो हुन नपाउँदै,
निद्रादेवीको काखमा, मस्त लुटपुटिदा,
घडी तिम्रा आलरामले मलाई
झल्यास्स ब्युँझाउँछ,
मलाई उठाउँछ, बिहान बिहानै,
जुरुक्क उठ्छु,
मन नलगी नलगी,
जिऊ तनक्क तन्काएर,
लामो.. हा...ई.. काडेर,
मेरो लागी तिमीले पर्खिदैनौ नि त!
मलाई तिमीसँग दौडनु छ
त्यैसेले तिम्रा गतिलाई घरीघरी,
निहाल्दै म पनि मेरो दैनिकी कर्मलाई
अगाडि बढाइरहेको हुन्छु।
अनि मलाई स्मरण गराउँछ,
तिम्लाई हेरेर, म सोचमग्न हुन्छु
टिक्....टिक् गर्ने मेरो घडी
तिमी कति शान्त छौ,
आफ्नै ताल र सुरमा
दौडिरहेका छौ,
न कुनै चिन्ता न कुनै प्रतिस्पर्धा
हुन त म पनि आफ्नो जिन्दगीको
रफ्तारलाई अगाडि बढाउन दौडिन खोज्छु,
तर अनैकौ चुनौतीका काडाहरु,
म हिड्ने बाँटाहरुमा छरपस्ट भइदिन्छ,
घरिघरि,
त्यसैले नअल्मलिकन
म तिमी झै शान्त भएर
दौडिन खाज्छु, तर कहिलेकाही अहँ सक्दिन।
मेरा हातहरु कर्मष्ठ बनुन्,
म यो चाहन्न, अहँ कदापी चाहन्न,
यी पाखुरीका बल, शरीरका फूर्ती,
मनभरी बिच्छिएका आँट र साहसलाई,
चुनौतीसँग हार खाएर, निष्क्रिय बनाएर राखु।
त्यैसैले मेरो घडी
म पनि तिमीसँगै रफ्तारमा दौडन कोसिस् गर्दैछु,
तिम्रो समयको गतिसँगै।
घरि घरि मेरो मस्पटलमा,
कल्पनाका छाल तरङ्गित हुन्छन्,
मेरो घडीले लिने गतिसँगसँगै
मेरो जिन्दगीको गति पनि छोटिएको छ,
तिम्रो गतिले नै अवश्य एक दिन,
मेरो साहसलाई कमजोर बनाउने छ,
मेरो शरीरबाट बल हराउने छ,
फक्रिएका बैंश ओइलाउदै जाने छ।
मगमगाउदो बस्ना छर्ने फुल सुके झै,
मेरो जिन्दगी पनि सुक्ने छ,
अवश्य एकदिन, ती सुकेका फूल झर्छ
मेरा सुकेका जवानी पनि ती फूलहरु,
झरे झै, झर्ने छ,
थाहा छ, यो निश्चित छ,
यो सत्य हो
म फूल झैँ यो माटोमा बिलाउने छु,
खरानी भएर।
न त संसारको कुनै शक्तिले रोक्न सक्छ,
न कसैको अथाह सम्पत्तिले रोक्न सक्छ,
त्यैसैले घडी तिम्रो गतिसँगै,
यो जोसमा यो समयमा,
मैलै केही गर्नु छ, अवश्य केही गर्ने छु।
यो शरिर कमजोर नहुँदै,
मेरो जिन्दगी नओइलाउँदै।
धेरै गर्न नसकुला। तर मेरो क्षमताले भ्याएसम्म,
म थोरै भए पनि दुखी असायहरुको
दु:खमा साथ दिन सकुँ।
म जन्मेको धर्तिमा उज्यालो झर्न,
सुघन्धका मीठा सुवास छर्न,
समृद्धि निर्माणमा इँटा थप्न,
म लाग्न सकुँ।
भोलि भनेर मेरो घडीले मलाई फर्कदैन ।
आजैबाट गरौँ। अहिल्यै नै गरौँ।
अनि म यस धर्तिमा जन्मेको
सार्थक हुने छ।