रातको घडि बाहिर बतास छ
ओठमा सुस्केराभित्र अत्यास छ
शरीरमा कठैबरा एकसरो पतास छ
अर्धबेहोसी छटपटीको मत्यास छ
तकलिफभित्रको गहिरो सन्त्रास छ
हो तिनै हुन्
प्रसवन्ती पीडा थेग्ने महान् आमा
प्रसव पीडामा अथकित उत्सव छ
बेचैनीमा पल्लव आउने गर्व छ
सत्य मायामा ज्युने ओजस्वी भव छ
पीडा लुकाउने साहस जति सब छ
मुटुभरि स्नेहको अपरम्पार राब छ
हो तिनै हुन्
परिवारमा प्रशन्नता निम्त्याउने ब्रह्मण्ड आमा
नौ महिना गर्भाशयको ममता छ
सन्तति पैदा गर्ने अगाध क्षमता छ
सन्तान सजीवको निम्ति सहनशीलता छ
नवआगन्तुकको असिम सामिप्यता छ
मनुष्यको उपहारमा अद्भूत चमकता छ
हो तिनै हुन्
आफू सल्किएर उज्यालो छर्ने विशाल आमा
हो त्यसैले अब महान् आमाको
प्रसव पीडा बिर्साउन अँगालो हालिदिऊ
नयाँ दिनहरू अनुरागले भरिदिऊ
मुहारमा हर्षको इन्द्रेणी छरिदिऊ
हृदय छोप्ने सन्तुष्टि ढाकिदिऊ
अनि
सन्तानको भरोसामा कुरेकी आमाका आँसु पुछिदिऊ