सरकारले दुई राजदूतलाई मन्त्रीको सुविधा दिने निर्णय गरेको छ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागिन नेपाली राजदूत निलाम्बर आचार्य र संयुक्त राज्य अमेरिकाका राजदूत अर्जुनबहादुर कार्कीलाई मन्त्रीस्तरको सेवा सुविधा दिने निर्णय गरेको हो।
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई पनि मन्त्रीसरहको सुविधा दिइएको छ।
भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायलाई पनि तत्कालीन सरकारले मन्त्रीसरहको सुविधा दिएको थियो
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सोही दिनको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सेवामा दुई जना उपसचिवको दरबन्दी थप्ने निर्णय पनि गरेको जानकारी दिए।
सरकारले विदेशी नियोगमा जाँदा प्रमुखहरूले लैजाने व्यक्तिगत सहयोगीका लागि पनि विशेष राहदानी व्यवस्था गर्ने निर्णय गरेको छ।
मन्त्री बाँस्कोटाका अनुसार यस्तो विशेष राहदानी प्रमुखको कार्यकाल सकिएसँगै राहदानी विभागमा बुझाउनु पर्नेछ।