बारा र पर्सा जिल्लामा हावाहुरीका कारण पीडित बनेका सर्वसाधारणलाई प्रदेश नम्बर १ सरकारले १ करोड रुपैयाँ सहयोग दिने भएको छ।
बिहीबार साँझ बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।
उक्त रकम प्रदेश नम्बर १ सरकारको राहत तथा उद्धार कोषमा जम्मा गरिने आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए।
गत आइतबार साँझका हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भएको थियो।