जनमत पार्टीको पहिलो जनसभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष सिके राउतले मधेशवादी दल तथा प्रदेश सरकारको भ्रममा नपर्न मधेशी जनतालाई आग्रह गरेका छन्।
मधेशवादी दलले मधेशी जनतालाई भ्रममा पार्नेबाहेक अन्य काम नगरेको राउतले दाबी गरे। ‘मधेसवादी दलको पसल बन्द हुन लागेपछि भ्रम फैलाउँदै छन्,’ उनले भने।
सिरहाको मिर्चैयामा शनिबार आयोजित पार्टीको प्रथम जनसभामा अध्यक्ष राउतले सरकारसँग गरेको सम्झौता बारे खोजिनीति लिने औकात मधेशवादी दलमा नभएको पनि बताए।
उनले सरकारसँग आफूले होइन, सरकारले नै सम्झौता गरेको भन्दै विजयी हासिल गरेको पनि बताए। उनले सप्तरीको मलेठ घटनाको बेला मधेसवादी दल पनि सरकारमा रहेको तर पाँच जना मधेसीको हत्या हुँदा पनि सरकार नछाडेको भन्दै मधेशबादी दलको आलोचना गरे।