सिक्किममा भएको लोकसभा र विधानसभा चुनावमा मुख्यमन्त्री पवन चाम्लिङलाई पिएस गोलेको पार्टी सिक्किम क्रान्तिकारी मोर्चाले कडा चुनौती दिएको छ।
नेपालीभाषी रहेको भारतको सिक्किम राज्यमा सिक्किममा लोकसभा र विधानसभा चुनाव एकैपटक भएको थियो। त्यसको नतिजा पनि एकैपटक आइरहेको छ।
दुवैमा चाम्लिङको पार्टी (एसडिएफ)लाई उछिन्दै गोलेको पार्टी सिक्किमा क्रान्तिकारी मोर्चा (एसकेएम)ले अग्रता लिएको छ।
चाम्लिङले २५ वर्षदेखि (१९९४) मुख्यमन्त्री भएर सिक्किम राज्य चलाइरहेका छन्। १९९६ देखि चाम्लिङको पार्टी एसडिएफले नै सिक्किमको लोकसभा निर्वाचन जित्दै आएको थियो।
यसपालिको लोकसभा चुनावमा एसडिएफका उम्मेदवार डेकबहादुर कटुवाललाई पछि पार्दै एसकेएमका इन्द्रहांङ सुब्बाले अहिलेसम्म ४६ हजार ४ सय ११ मत ल्याएका छन्। कटुवालको भने ४० हजार ६१ मत छ।
विधानसभाका ३२ सिटमा १ सय ५० उम्मेदवार चुनाव लडेका छन्। अहिले मतगणना भइरहेको १२ मध्ये ७ सिटमा एसकेएम अघि छ भने ५ वटामा एसडीएफको अग्रता छ।