भारतीय लोकसभाको प्रारम्भिक मतपरिणाम आउन सुरू भएको छ। भारतीय सञ्चारमाध्यामहरूले अपडेट गरेको मतपरिणाम अनुसार पहिलो चरणमा भारतीय जनता पार्टी (भाजपा)को गठबन्धनले अग्रता लिएको छ।
टाइम्स अफ इण्डियाका अनुसार अहिलेसम्म मत गणना भएका ५ सय ४२ सिट मध्ये ३ सय ४३ मा भाजपाको गठबन्धन अघि छ। कांग्रेसको गठबन्धनले भने ८३ सिटमा अग्रता लिइरहेको छ। महागठबन्धनले १८ र अन्य पार्टीले ९८ सिटमा अग्रता लिएका छन्।
कुन प्रदेशमा कसको अग्रता?
उत्तर प्रदेशका ८० सिटमध्ये भाजपाको गठबन्धन ६०, महागठबन्धन १८ र कंग्रेसले १ सिटमा अग्रता लिएका छन्।
महाराष्ट्रका ४८ सिटमध्ये भाजपाको गठबन्धन ४१ र कांग्रेसको गठबन्धन ५, र अन्यले २ सिटमा अग्रता लिएका छन्।
दिल्लीका ७ सिटमध्ये सातवटैमा भाजपा गठबन्धन अघि छ। सन् २०१४ मा पनि भाजपाले दिल्लीका सातै सिट जितेको थियो।
पश्चिम बंगालका ४२ सिट मध्ये मुख्यमन्त्री ममता बेनर्जीको पार्टी तृणमूल कंग्रेस २२, भाजपा गठबन्धन १९ र कांग्रेस गठबन्धनले १ सिटमा अग्रता लिएका छन्। जबकी यहाँ २०१४ को लोकसभा चुनावमा बेनर्जीको पार्टीले ३७ सिट ल्याएको थियो भने भाजपाले दुई सिटमात्र पाएको थियो।
बिहारका ४० सिटमध्ये ३७ मा भाजपा गठबन्धन र ३ वटामा कंग्रेस गठबन्धनको अग्रता छ।
गुजरातका २६ सिट मध्ये २६मै भाजपा गठबन्धले अग्रता लिएको छ।
हरियाणाका १० सिटमा ९ वटामा भाजपाको गठबन्धन अघि छ भने १ सिटमा कांग्रेसको गठबन्धन अघि छ।
झारखण्डका १४ मध्ये भाजपा ९, कंग्रेस३ र अन्यको २ सिटमा अग्रता
मध्यप्रदेशका २९ सिटमध्ये भाजपा २८ र १ सिटमा कंग्रेसको अग्रता छ।
राजस्थानका २५ मध्ये २५ मै भाजपाको गठबन्धाले अग्रता लिइरहेको छ।
कर्नाटकका २८ मध्ये भाजपा २३ र कंग्रेस गठबन्धन ३ र अन्यले २ सिटमा अग्रस्थानमा छन्।
केरलाका २० मध्ये १५ मा कंग्रेस गठबन्धन, १मा भाजपा र ४ वटा सिटमा अन्य दलको अग्रता छ।
तमिलनाडुका ३९ सिट मध्ये ३१मा कंग्रेस गठबन्धन, २ मा भाजपा गठबन्धन र ५ वटामा अन्य दलको अग्रता छ।
महाराष्ट्रका ४८ सिटमा ४१ मा भाजपा गठबन्धन,५ सिटमा कंग्रेस गठबन्धन र अन्य दल २ सिटमा अघि छन्।
असामका १४ मध्ये १० मा भाजपा, १ मा कंग्रेस र३ वटा सिटमा अन्य दलको अग्रता छ।
छत्तिसगढका ११ सिटमा ९ वटामा भाजपा र २वटामा कंग्रेस अघि छ।
आन्द्रप्रदेशका २५ सिटमध्ये २४ त्यहाँको क्षेत्रीय पार्टी वाइएसआरसिपिको अग्रता छ। अर्को एक सिटमा त्यहाँकै टिडिपी भन्ने पार्टीले अग्रता लिएको छ।