सरकारले दुई सचिवको सरुवा गरेको छ।
मन्त्रिपरिषद्को बैठकले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई जल तथा उर्जा आयोगमा सरुवा गरेको हो।
त्यस्तै जल तथा उर्जा आयोगमा रहेका देवेन्द्र कार्कीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तानिएको छ। कार्की यसअघि पनि शेरबहादुर देउवा नेतृत्व सरकारका पाला भौतिक योजना मन्त्रालयका सचिव भएका थिए। कार्की सडक विभागको इन्जिनियर हुदैँ महानिर्देशकसम्म भएका हुन्।