पूर्वप्रधानन्यायाधीश नयनबहादुर सिंहको ९९ वर्षको उमेरमा निधन भएको छ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ।
खत्री लामो समयदेखि अल्जाइमर्सका बिरामी थिए।एक्कासी असजिलो भएपछि केहीदिनअघि उनलाई मेडिसिटी अस्पताल पुर्याइएको थियो।
उनलाई निमोनिया भएको डाक्टरहरूले बताएका थिए।
खत्री नेपालका छैठौं प्रधानन्यायाधीश हुन्। २०३३ सालदेखि २०४२ सालसम्म ९ वर्ष सात महिना उनी प्रधानन्यायाधीश बनेका थिए।
खत्रीको कानुनी क्षेत्रमा अनुभव भने राणाकाल देखि नै हो। २००४ सालमा उनी चीनको ल्हासाका लागि नेपाली वकिल बनेर गएका थिए। त्यसअघि राणा नोकरशाहीको मुलुकी अड्डा ऐन सवाल फाँटमा उनी सुब्बा थिए। प्रजातन्त्र आइसकेपछि उनी कानुन सचिव भए। त्यसपछि उनी चीनका लागि नेपाली राजदूत भएर पनि काम गरे।
उनी न्याय सेवामा भने २०१६ सालमा सर्वोच्च अदालतको न्यायाधीशका रूपमा छिरेका हुन्। न्यायाधीश भएको १६ वर्षपछि उनी प्रधानन्यायाधीश भए र लगभग १० वर्ष न्यायालय चलाए।
उनी राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षसमेत भएका थिए।