चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्। चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार ६ वर्षअघि राष्ट्रपति बनेका सी पहिलो पटक प्योङयाङ जान लागेका हुन्।
उनले आगामी बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमण गर्ने तय भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ।
चीनको अमेरिकासँग व्यापार युद्ध चर्किँदै गएको र उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्ध चिसिएको बेला सी प्योङयाङ जान लागेका हुन्।
सत्तामा आएपछि उत्तर कोरियाका किम दुई पटक बेइजिङ पुगिसकेका छन्। बेइजिङले भने केही महिनाअघि भएको उत्तर कोरियाको ७० औं स्थापना दिवस कार्यक्रममा कम्युनिष्ट पार्टीका तेस्रो बरियताका नेता पठाएको थियो।
सन् २००८ मा उपराष्ट्रपति हुँदा सी प्योङयाङ गएका थिए।