नेपाली कांग्रेसका नेता रामशरण महतले बीपीको जस्तो दूरदृष्टि अहिलेका नेतामा नभएको बताएका छन्।
बीपीको ३७ औं स्मृति दिवसमा सोमबार बीपी कोइराला युवा नेतृत्व विकास प्रतिष्ठानले सुन्दरीजलमा गरेको कार्यक्रममा बोल्दै नेता महतले भने, ‘बीपीमा दूरदृष्टि थियो, अहिलेको नेताहरूमा दूरदृष्टिको कमजोरी छ।’
कांग्रेसकै नीतिका कारण देशको ढुकुटी बलियो भएको दाबी गरेका महतले गाउँको विकास तथा राष्ट्रिय गौरवका धेरै आयोजना कांग्रेसकै पालामा सुरू गरेको बताए।
उनले पार्टीमा अनावश्यक गुट र पैसाको खेल गर्ने प्रवृत्ति गलत रहेको पनि बताए।
उनले बीपीको आदर्शअनुसार पार्टीका नेता/कार्यकर्ता अघि बढ्नुपर्ने बताए।