‘हेलो सरकार’ले देशैभरका स्थानीय तहबाट विवरण माग गरेको छ।
७५३ स्थानीय तहसम्म नै हेलो सरकारका काम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने भएकोले विभिन्न विवरण पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आग्रह गरेको छ।
‘हेलो सरकार पोर्टललाई ७५३ स्थानीय तहहरूसम्म नै विस्तार गरी जनगुनासोलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने प्रयोजनका लागि देहायका विवरण चाहिएको’ स्थानीय तहलाई मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ।
मन्त्रालयले Mofaga.it@gmail.com मा जम्मा वडा संख्या, स्थानीय तहको नाम र ठेगाना, विद्युत पुगेको वडा, कम्प्युटर प्रणालीबाट काम भइराखेका वडा र वडा कार्यालयमा विद्युत/इन्टरनेट पुगे वा नपुगेको र के कार्य सम्पादन भइराखेको छ भन्ने विवरण पठाइदिन आग्रह गरेको हो।
हेलो सरकारले सामाजिक सञ्जालमा जनताले उठाएका गुनासा समाधानका लागि प्रयास गर्दै आएको छ।