नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक काठमाडौंमा सुरु भएको छ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरको सहअध्यक्षतामा आयोगको बैठक सुरु भएको हो।
भोलिसम्म चल्ने बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल हुने छ।
सन् १९८७ मा स्थापना भएको उक्त आयोगको बैठक आलोपालो गरी नेपाल र भारतमा हुने गर्छ। अघिल्लो बैठक सन् २०१६ मा भारतमा भएको थियो।