प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।
सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएर आएका ओली ‘फलोअप’ का लागि त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओलीसँग उनकी श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, क्याबिनेट डाक्टर दिव्या सिंह शाह र स्वकीय सचिव राजेश बज्राचार्य रहेका छन्।
यसपालिको उपचारका लागि ८ देखि १० दिन लाग्ने भनिएता पनि फर्किने मिति भने तय भएको छैन।
तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी