प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमेरशकुमार सिंहले बाँकेको खजुरामा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले सभापति किरण कोइरालामाथि गरेको आक्रमण लोकतन्त्रमाथिको हमला भएको बताएका छन्।
प्रतिनिधिसभा संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनाबारे आइतबार सदनलाई जानकारी गराएपछि पुरक प्रश्न सोधेका सांसद सिंहले भने, ‘यो लोकतन्त्रमाथिको हमला हो। सत्तापक्षले पार्टीको संरक्षण र सम्बर्द्धनका लागि राज्यको गृह प्रशासन दुरूपयोग गरिएको छ।’
उनले घटनास्थलको सुरक्षा दिन नसक्ने नेपाल प्रहरीको आलोचना गरेका छन्।
‘नेपाल प्रहरीको नाम नेकपा प्रहरी राख्दा अन्यथा नहोला,’ उनले भने, ‘माथिकै निर्देशनमा घटना घटेको देखिन्छ।’
गत बिहीबार नेकपा कार्यकर्ताले बाँके सभापति कोइरालाको हात भाँचिदिएका थिए।