प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चितवन मेडिकल कलेजले विद्यार्थीसँग तोकेको भन्दा धेरै शुल्क लिएकोमा तत्काल समाधान खोज्न सरकारसँग माग गरेका छन्।
शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक विद्रोहसँग नजोड्न आग्रह गर्दै शर्माले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक विद्रोहसँग तार नजोड, तत्काल समाधान खोज।’
तोकेभन्दा बढी शुल्क बुझाउन दबाब दिने र अभिभावकलाई फोन गरेर तनाव दिने भएपछि विद्यार्थीहरूले शान्तिपूर्ण आन्दोलन गरेको उनको भनाइ छ। ‘तोकेभन्दा बढी शुल्क बुझाउन दबाब दिने, अभिभावकलाई तनाव दिने, सरकार गुहार्दा ध्यान नदिने?,’ शर्माले लेखेका छन्, ‘तब विद्यार्थीहरू आन्दोलनमा नगएर तीर्थयात्रामा जान्छन् र प्रधानमन्त्रीज्यू?’
दुई सातादेखि चितवन मेडिकल कलेज विद्यार्थी आन्दोलनका कारण ठप्प छ। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि विद्यार्थी आन्दोलनरत छन्।
यो पनि :
चितवनमा सल्किएको विद्यार्थी आन्दोलन