सत्तारूढ दल समाजवादी पार्टी नेपालले ४० सदस्यीय विज्ञपरिषद् गठन गरेको छ।
मंगलबार काठमाडौंस्थित पार्टी कार्यालयमा पार्टीको थिंक ट्यांकका रूपमा काम गर्नका लागि विभिन्न क्षेत्रका विज्ञहरू सम्मिलित विज्ञ परिषद् गठन गरेको हो।
यस परिषदमा योजना आयोगका पूर्वसदस्य पुष्पराज राजकर्णिकार प्रमुखका रूपमा चयन भएका छन्।
साथै, सचिवमा समावेशीता विज्ञ तथा अभियान्ता ज्योत दनुवार चयन भएका पूर्वप्रधानमन्त्री तथा पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो ट्वीटरमार्फत् जानकारी गराएका हुन्।
अध्यक्ष भट्टराईले उक्त परिषद् गठन भएसँगै नयाँ युगको पार्टीमा क्रान्तिकारिता र विज्ञताको उचित फ्यूजन भएको बताएका छन्।