नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकै समयदेखि समस्याग्रस्त दाँत फुकालेका छन्।
पछिल्ला केही दिनमा दाँत दुख्ने समस्या तिव्र भएपछि उनी मेडिसिटी अस्पताल पुगेका हुन्।
डाक्टर सुमित साहले उनलाई दाँत निकालेर फाल्न सुझाव दिएका थिए।
बुधबार अस्पताल भर्ना भएर दाहालले बंगरातिरको दुख्ने दाँत फुकालेको उनको सचिवालयले जानकारी दिएको छ।