प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङ सवार हुने सडकको अवलोकन गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले शनिबार बिहान सी सवार हुने सडकको अवस्थाबारे जानकारी लिएका हुन्।
प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्मका सडक अवलोकन गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह नेपाल आउँदै छन्। सी शनिबार राति सोल्टी होटलमा बस्नेछन्।
सीले शनिबार साँझ राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्ने छन्।
आइतबार प्रधानमन्त्री ओली र सीको उपस्थितमा केही नेपाल-चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।
सी आइतबार १ बजे स्वदेश फर्कने छन्।