फ्रि तिब्बतको टि-सर्ट र झोला बोक्ने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंका विभिन्न स्थानबाट फ्रि तिब्बतका लुगा र झोला बोक्नेहरुलाई प्रक्राउ गरेको महानगरीय प्रहरी कार्यलयले जानकारी दिएको छ।
शुक्रबार र शनिबार फर्पिङ, बौंद्ध र स्वयम्भु गरी तीन स्थानबाट पक्राउ गरेको महानगरीय प्रहरी कार्यलयका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। 'उनीहरु फ्रि तिब्बतका समर्थक हुन् होइन्न थाहा भएन', उनले सेतोपाटीसंग भने,'फ्रि तिब्बतको ब्याग र लुगा लगाएको भएर पक्राउ गरेको हो।' तर उनीहरुले कुनै पनि विरोधका काम नगरेको प्रहरीले जनाएको छ।