चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नाइबाट नेपाल आउँदै छन्।
भारतको अनौपचारिक भ्रमण सकेर राष्ट्रपति सि चेन्नाइबाट शनिबार अपरान्ह काठमाडौंतर्फ उडेको भारतीय सञ्चार माध्यम एएनआईले उल्लेख गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी शनिबार ४:३० बजे काठमाडौं आउने भएका हुन्। सी आइतबार दिउँसो १ बजे चीन प्रस्थान गर्नेछन्।