सरकारद्धारा प्रतिवन्धित नेत्रविक्रम चन्द –विप्लव) नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।
प्यूठान नगरपालिका वडा नं. ३ मान्द्रेचौर निवासी अन्दाजी ५० बर्षीय रन्तबहादुर थापालाई बुधवार विहान प्रहरीले घरवाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी नरेन्द्र कार्कीले पक्राउ परेका थापा विप्लवका राप्ती व्यूरो सदस्य रहेको भन्ने खुल्न आएको बताए ।
‘प्रहरीले पक्राउ पछि थापालाई ल्याउँदैछ, बुझ्दा उनी राप्ती व्यूरो सदस्य भन्ने खुल्न आएको छ,’ डिएसपी कार्कीले भने ।
पक्राउ परेका थापा माथि अनुसन्धान पछि मात्रै थप कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।