चार दिने नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन्।
बुधबार बिहान राष्ट्रपति हमिद र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद मंगलबार नेपाल आएका थिए।
राष्ट्रपति हमिदले नेपालस्थित समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।