चार दिने नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।
बुधबार बिहान राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
प्रचण्ड नेपाली प्रतिनिधि मण्डलका तर्फबाट भौतिक तथा यातायात मन्त्री रघुवीर महासेठ, नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालसहित होटेल मेरियट पुगेका थिए।
अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुद्ध , शान्ति प्रक्रिया र सरकारकाे नेतृत्व गर्ने अवसरले आफूलाई चमत्कारकाे अनुभूति भएकाे बताए। यस्ताे अवसर राजनीतिमा नेताहरूले बिरलै पाउने उनकाे भनाइ थियाे। प्रचण्डले नेपालकाे राजनीतिक परिवर्तनबारे बंगालदेशका नेताहरूलाई व्याख्या गर्ने आफ्नाे धाेकाे रहेकाे बताए
बंगलादेशका राष्ट्रपति हमिदले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता भन्दै प्रचण्डको प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ।
यसअघि हमिदले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई भेटेका थिए।
५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद मंगलबार नेपाल आएका थिए।
राष्ट्रपति हमिदले नेपालस्थित समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।