महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि सिके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवारी दिएको छ।
निर्वाचन अधिकृत कार्यालय पुगेर जनमत पार्टीकी नेतृ अञ्जलीदेवी मण्डलले बुधबार मनोनयन दर्ता गरेकी हुन्।
जनमत पार्टी पहिलोपटक चुनावमा भाग लिन लागेको हो।
संघ र प्रदेशसभा क्षेत्रमा उम्मेदवारी नदिएको जनमत पार्टीले स्थानीय तहमा रिक्त पदमा भने उम्मेदवारी दिने निर्णय केही दिन अघि बसेको केन्द्रीय समिति बैठकबाट गराएको थियो।
गत वैशाखमा पिपराका अध्यक्ष विनोदकुमार चौधरीको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
राजपाबाट उम्मेदवार बनेका चौधरी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा विजयी भएका थिए।