राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशका राष्ट्रपति अब्दुल हमिदबीच भेटवार्ता भएको छ।
बुधबार साँझ उनीहरूबीच राष्ट्रपति कार्यालयमा भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिदले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग भेटेका थिए।
राष्ट्रपति हमिद मंगलबार नेपाल आएका हुन्। उनी शुक्रबार स्वदेश फर्कनेछन्।