स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल पुगेका छन्।
ढाड दुख्ने समस्या देखिएपछि गए राति उनलाई वीर अस्पताल पुर्याइएको थियो।
डाक्टर राजीव झा नेतृत्वको टोलीले स्वास्थ्य मन्त्री यादवको उपचार गरिराखेका छन्। दुखाइ बढेपछि यादव हिड्नसमेत नसक्ने भएका थिए।
‘वीर अस्पतालको भिआइपी वार्डमा राखेर स्वास्थ्य राज्यमन्त्री यादवको उपचार भइराखेको छ,’ मन्त्रीका सहयोगी महेश चौरासियाले सेतोपाटीसँग भने, ‘ब्याक बोनमा समस्या देखिएको हो। अहिले अवस्था ठीक छ।’