सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।
आइतबार साँझ सुरू बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउनेलगायत बिषयमा छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
‘केहीबेर अघि बैठक सुरू भएको हो,’ उनले भने, ‘पार्टी एकताका बाँकी काम टुंगोमा पुर्याउने र समसामयिक बिषयमा परामर्श हुन्छ।’
बैठकमा सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अनुपस्थित छन्। उनी विदेश भएकोले अनुपस्थित भएका हुन्।