भारतमा शारद ए बोबडेले ४७औँ प्रधानन्यायाधीशको रुपमा सपथ ग्रहण गरेका छन्।
उनले सोमबार बिहान राष्ट्रपति भवनमा राष्ट्रपति रामनाथ कोविन्द समक्ष सपथ ग्रहण गरेका हुन्। पूर्व प्रधानन्यायाधीश रन्जन गगोईले अक्टोबर १८ तारिखका दिन बोबडेलाई प्रधानन्यायाधीशमा सिफारिस गरेका थिए।
रन्जनले आइतबार राजीनामा दिएसँगै बोबडे नयाँ प्रधानन्याधिसका रुपमा नियुक्त भएका हुन्। महाराष्ट्रबाट आठौं प्रधान्यायाधीशका रुपमा नियुक्त भएका बोबडेको १८ महिना सन् २०२१ साल अप्रिल २३ सम्मको कार्यकाल रहने हिन्दुस्तान टाईम्सले जनाएको छ।
यसअघि सर्वोच्च अदालतमा उनले अयोध्याको विवाद सुल्झाउन मद्दत समेत गरेका थिए। अब उनले सबरिमालाको विषयलाई पनि पुनरावलोकन गरी निर्णय गर्नेछन्।