नेपालका अतिक्रमित भूमि फिर्ता ल्याउन माग गर्दै नेपाल विद्यार्थी संघले काठमाडौंको बालाजुमा सोमबार साँझ मसाल जुलुस लगाएका छन्।
भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश भएपछि विरोधमा नेविसंघले दिनहुँ प्रदर्शन गरिरहेको छ।
मसाल जुलुस लगाउने नेविसंघका पूर्वकेन्द्रीय सदस्य सुशील भट्ट, निरन्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, विजय ढुंगानालगायत २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएर बालाजु वृत्तमा राखेको छ।