दाङको तुलसीपुरबाट विप्लवका एक कार्यकर्ता पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विकलाई पक्राउ गरिएको दाङ प्रहरीले जानकारी दिएको छ।
विक विप्लव समूहको दलित मुक्ति मोर्चाको जिल्ला कमिटी उपाध्यक्ष भएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ।
सोमबार तुलसीपुरको सडकमा लुकिछिपी हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।