प्रधानमन्त्री केपी शर्मा ओलीलाई डायलासिस गर्नको लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको छ।
गत मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओलीलाई मंगलबार साँझ नियमित डायलासिसको लागि अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री डायलासिसपश्चात आजै बालुवाटार फर्किने छन्।
‘प्रधानमन्त्री साग हेरेर नियमित डायलासिसको लागि अस्पताल जानु भएको हो’, उनले भने, उहाँ आजै फर्कनु हुनेछ।’
प्रधानमन्त्री ओली १० दिन लामो अस्पताल बसाइपछि मंसिर १९ गते डिस्चार्ज भएका थिए।
चिकित्सकहरूले प्रधानमन्त्री ओलीले अब सातामा तीन पटक डायलासिस गर्नुपर्ने बताउँदै आएका छन्। डायलासिस नगर्ने भए फेरि मिर्गौला प्रत्यारोपण गर्ने विकल्प पनि प्रधानमन्त्रीसँग छ।