फिनल्याण्डकी ३४ वर्षीय सान्ना मरिन प्रधानमन्त्री भएपछि एकाएक चर्चामा आइन्।
विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री मरिनले मंगलबार शपथ ग्रहण गरेकी छन्।
प्रधानमन्त्री भएपछि कतिपयले उनलाई कसरी काम गर्ने भन्ने सल्लाह र सुझाव दिएका छन्।
प्रधानमन्त्री बनेपछि केहीले राम्रो काम गर्न आफूभन्दा अनुभवी र अग्रजसँग सुझाव लिन्छन् त केहीले राम्रो गरोस् भनेरै पनि आफैं सुझाव दिने चलन पनि छ।
विश्वको सबैभन्दा जेष्ठ प्रधानमन्त्रीले पनि सबैभन्दा कान्छी प्रधानमन्त्री सान्नालाई सुझाव दिएका छन्।
मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले ३४ वर्षीया सान्नालाई आफूभन्दा ठूलासँग सुझाव लिन आग्रह गरेका छन्।
उनले 'बूढा मान्छे' सँग सुझाव लिए राम्रो हुने बताएका हुन्।
‘हामी युवाको आदर्शवादमा विश्वास गर्छौं, तर बूढा मान्छेको अनुभवलाई पनि बुझ्नु महत्वपूर्ण हुन्छ,’ महाथिरले समाचार संस्था रोयटर्ससँग भनेका छन्,‘तबमात्रै दुई विचारको मिश्रण हुन्छ र राम्रो हुन्छ।’
२७ वर्षको उमेरमा सामाजिक लोकतान्त्रिक पार्टीमा आवद्ध भएर राजनितिमा होमिएकी अहिले ३४ वर्षमा फिनल्याण्डकी प्रधानमन्त्री बनेकी छिन्।
महाथिर सन् १९८१ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए त्यतिबेला सान्ना जन्मेकी पनि थिइनन्।
सन् २००३ मा प्रधानमन्त्री छोडेका महाथिर सन् २०१८ फेरि मलेसियाका प्रधानमन्त्री थिए।