नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्ने भएको छ।
दिउँसो १ बजेका लागि बैठक तय भएको कांग्रेसले जनाएको छ।
गत बिहीबार सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा पेश गरेको विभिन्न प्रस्तावमाथि छलफल गर्न कांग्रेसले बैठक डाकेको हो।
बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने छैनन्। उनी पाथिभरा गएका छन्।
पौडेलले बिहीबार पनि केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए। उनले १४ औं महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्नुपर्ने अडान राख्दै आएका छन्।
यो पनि:
पौडेलले अडान छाडेनन्, देउवा रित्तै फर्किए