स्थायी समितिको बैठकको तयारीका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ।
धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्नु अघि बालुवाटारमा आइतबार सचिवालय बैठक बसेको हो।
सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गरेपछि धुम्बाराहीमा स्थायी समिति बैठक बस्ने नेकपा स्रोतले जानकारी दिएको छ।
स्थायी समिति बैठकका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनलाई सचिवालय बैठकले अन्तिम रुप दिनेछ।
स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली धुम्बाराही जाने/नजाने भने टुंगो लागिसकेको छैन।