सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरू भएको छ।
पार्टी कार्यालय धुम्वाराहीमा आइतबार दिउँसो साढे १ बजे बैठक सुरू भएको हो। बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छैनन्।
एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली आराम गरिराखेका छन्। उनको स्वास्थ्यमा सुधार भइराखेको छ।
आइतबार नै बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेन्डा तय गरेको थियो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। यो प्रतिवेदन अर्का अध्यक्ष ओलीसँगको परामर्शमा तयार पारिएको थियो।
केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल-भारत सीमा विवाद, विधान संशोधन र अन्य गरी पाँच एजेन्डामा स्थायी कमिटीमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ।