इरानका विदेश मन्त्री मोहम्मद जावद जरिफ तीन दिने भ्रमणका लागि मंगलबार भारत आउने भएका छन्।
सैनिक कमान्डर कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीच तनाव बढेका बेला जरिफ भारत आउन लागेका हुन्।
बुधबार जरिफले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्नेछन्। साथै उनले भारतको विदेश मन्त्रालयको वार्षिक सम्मेलन रायसेना डाइलगमा आफ्नो कुरा राख्ने कार्यतालिका छ।
भारतीय विदेश मन्त्रालयका अनुसार बिहीबार बिहान जरिफले भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुराकानी गर्नेछन्।
उक्त भेटमा उनीहरूले सुलेमानीको हत्याबारे कुराकानी गर्ने इण्डिया टुडेले जनाएको छ। बिहीबार दिउँसो भने जरिफले मुम्बईमा व्यापारी नेताहरुसँग भेटघाट गर्नेछन्।
तिन दिने भ्रमण सकेर जरिफ शुक्रबार इरान फर्कनेछन्।