नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा बैठक सञ्चालन गरी सभामुख निर्वाचन प्रक्रिया सुरू गर्न माग गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकले आगामी माघ ६ गते बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख निर्वाचन प्रक्रिया सुरू गर्न माग गरेको हो।
संसद अधिवेशन लगभग एक महिना बितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरूद्ध भइरहनु सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको अकर्मण्यताको परिणाम भएको कांग्रेसको ठहर छ।
कांग्रेसले संवैधानिक व्यवस्थामा अनुसार नै सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने माग गरेको छ।
साथै, अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्न माग पनि कांग्रेसले माग गरेको छ।