नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच प्रतिनिधि सभाको सभामुखबारे लगभग सहमति भएको छ।
अध्यक्ष पुष्पकमल दाहालनिकट एक स्थायी समिति सदस्यले नेता अग्नि सापकोटालाई सभामुख बनाउन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भएको सेतोपाटीलाई बताएका छन्।
आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको ओली-दाहाल छलफलमा सापकोटाको नाममा लगभग सहमति भएको हो।
ओलीसँगको उक्त छलफलपछि अध्यक्ष दाहालले बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्।
बालुवाटारमा ओलीसँगको बैठक सकिएपछि नेपाललाई भेट्न दाहाल कोटेश्वर पुगेका थिए।
नेपालसँग उनले सापकोटालाई सभामुख बनाउनेबारे सहमति जनाउन अनुरोध गरेका थिए।
सभामुखको उम्मेद्वार टुंग्याउन नेकपाले ४ बजे सचिवालय बैठक डाकेको छ।