सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपरान्ह बैठक सुरू भएको हो।
रिक्त सभामुख पदमा कसलाई पार्टीबाट उम्मेदवार बनाउने भन्नेबारेमा बैठकमा छलफल हुने नेकपा सचिवालय स्रोतले जानकारी दिएको छ।
स्थायी समिति सदस्य अग्नि सापकोटाका पक्षमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सकारात्मक भएको बताइए पनि निर्णय भइसकेको छैन।