मंगलबार संसदका दुवै सदनले आफ्नो-आफ्नो बैठक राखेका छन्। दुवै सदनका बैठक दिउँसो १ बजे सुरू हुने छन्।
प्रतिनिधि सभाको बैठक नवनिर्वाचित सभामुख अग्नि सापकोटाले सञ्चालन गर्नेछन्। आइतबार उनी सभामुखमा सर्वसम्मतले निर्वाचित भएका थिए। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका उनले आजदेखि बैठक सञ्चालन गर्ने छन्।
आजको बैठकमा दलीय आधारमा सांसदहरूले नवनिर्वाचित सभामुखलाई बधाई दिने कार्यसूचीमा उल्लेख छ। त्यसपछि प्रधानमन्त्री ओलीले न्यायपरिषद, लोकसेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत आठ निकायका वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
आजै १ बजे सुरू हुने राष्ट्रियसभा बैठकमा पनि प्रधानमन्त्री ओलीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयक, भ्रष्टाचार निवारण सम्बन्धी विधेयक र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पेश गर्ने छन्।