प्रधानमन्त्री केपीशर्मा ओलीले आज संसदमा सम्बोधन नगर्ने भएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने आजको कार्यक्रम स्थगित गरेका हुन्।
कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि कांग्रेसले प्रधानमन्त्रीलाई सम्बोधन नगर्न आग्रह गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार विहान ११ बजे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी दिए। थापाका अनुसार सांसद उपाध्यायको निधनपछि आज हुने भनिएको सम्बोधन स्थगित गरिएको हो।