नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन्।
बिहीबार दिउँसो कुलेश्वरबाट चन्दा उठाउन जाने क्रममा २९ वर्षीय वृहस्पति पौडेल (बिपी विद्रोही) पक्राउ परेका हुन्।
'चन्दा उठाउन जाँदै गर्दा आज दिउँसो पक्राउ गरेका हो,'महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले भने,'थप अनुसन्धान गरिरहेका छौं।'
उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो।