चाैथाे इन्द्रदह पर्यटन उत्सवकाे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
शुक्रबार दहचाेकस्थित काजी कालुपाण्डेकाे शालिकमा समेत उनले माल्यार्पण गरेका छन्।
उनको यो भ्रमणले आन्तरिक पर्यटनमा टेवा पुर्याउने र भ्रमण वर्ष २०२० लाई समेत यो योगदान पुग्ने चन्द्रागिरि नगरपालिका- नगरप्रमुख घनश्याम गिरीले बताए।
उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत विशिष्ट व्यक्ति सहभागी रहेकाे छ।
प्रधानमन्त्रीले ०७२ काे भूकम्पमा क्षतिग्रस्त भएर पुनर्निर्माण भएका दुई वटा सतलकाे समेत उद्घाटन गरेका छन्।
प्रधानमन्त्री ओलीले निर्माणाधीन पाँचतले भ्युटावरको निरीक्षण पनि अवलोकन गरेका छन्।