दाङमा प्रहरीले बुधबार स्थानीयको खेतबारीमा रहेको झन्डै २ हजार २ सय गाँजाको बोट नष्ट गरेको छ।
घोराही ५ का वडा अध्यक्ष विष्णुमणि दाहालको अगुवाइमा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटेको प्रहरी टोलीले ती गाँजाको बोट नष्ट गरेको हो।
गाँजा फडानी गर्न झन्डै ४५ जना प्रहरी र जनप्रतिनिधि खटिएका थिए ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न व्यक्तिको खेतबारीमा रहेको प्रतिबन्धित लागुऔषध गाँजा नष्ट गरिएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए।
गाँजाको महत्व र औषधि गुणको महत्व बुझाउन नसक्दासम्म यस्ता गतिविधिहरू जारी नै रहने एक जना सेवन कर्ताले बताए।
उनले लाखौं मूल्य बराबरको गाँजा नबुझेरै जलाएर खरानी बनाउनुभन्दा बरु विदेशमा विक्री गरेको भए राम्रो आम्दानी हुन सक्ने सम्भावना औंल्याए।