विमानस्थल प्रहरीले लाखौं नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई पक्राउ गरेको छ।
कतारबाट आएका २ जना पाकिस्तानी नागरिकलाई लिन गएका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो। अहिले उनीबाट बरामद रकमको मुचुल्का गरिने काम भइरहेको प्रहरीले जनाएको छ।
‘उनीबाट लाखौं रकम बरामद भएको छ, हामी गन्ने काम गरिरहेका छौं,’ एक प्रहरी अधिकारीले भने। कतारबाट आएका २ जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए।
युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए।
पछि छुटेर फेरि उनी त्यही काम लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो।
५ वर्ष अघि अन्सारी ललितपुरको नख्खिपोटबाट समातिएका थिए। उनलाई कारागारभित्रै गोली हानिएको थियो। उनी त्यस बेला सामान्य घाइते भएका थिए।