शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पक्राउ परेका युनुस अन्सारीको समूहबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रूपैया बरामद भएको छ।
विमानस्थल प्रहरीका अनुसार कतारबाट आएका तीन जना पाकिस्तानी नागरिक लिन गएका अन्सारीसहित उनको समूहका अन्यलाई विशेष ब्युरोको सहयोगमा शुक्रबार दिउँसो पक्राउ गरिएकको थियो।
कतारबाट आएका २ जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए।
युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए।
पछि छुटेर फेरि उनी त्यही काम लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो।
५ वर्ष अघि अन्सारी ललितपुरको नख्खिपोटबाट समातिएका थिए। उनलाई कारागारभित्रै गोली हानिएको थियो। उनी त्यस बेला सामान्य घाइते भएका थिए।