पोखरा-७ मासबारमा बन्दै गरेको एक घरको पानी ट्यांकीमा खसेर एक बालकको मृत्यु भएको छ।
स्याङ्जा घर भई हाल पोखरा ७ मासबारमा बस्ने निर्मला पौडेलको साढे तीन वर्षीय छोराको मृत्यु भएको उनका आफ्न्त मनोज अधिकारीले जानकारी दिए।
छिमेकी दीपक रेग्मीको बन्दै गरेको घरमा पानी ट्यांकी खुला छोडिएको थियो।
दुई जना बच्चा खेल्दै रेग्मीको घरमा पुगेका र भर्याङमुनि बनाइएको पानी ट्याङ्कीमा बच्चा खस्न पुगेको स्थानीयले बताएका छन् । सो घर लामो समयदेखि खुला रहँदै आएको उनीहरूको भनाइ छ।
पोखराको मेट्रो सिटी अस्पताल लैजाँदै गर्दा बाटोमै बच्चाको मृत्यु भएको प्रहरीको भनाइ छ ।