विमानस्थल सुरक्षा प्रहरीले प्रतिबन्धित लागुऔषध चरेससहित अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।
चार किलो ८ सय ग्राम चरेससहित विलियम क्यामरोनलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनायो।
नेपाल एयरलाइन्सको उडान नम्बर ४०२ बाट बैंकक उड्न लागेका उनलाई पक्राउ गरी अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो कार्यालय कोटेश्वर बुझाइएको एसएसपी सन्दीप भण्डारीले बताए।
भण्डारीका अनुसार सुटकेसभित्र ल्यापटप आकारमा विलियमले चरेस बोकेका थिए। अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एक्सरे गर्दा शंकास्पद वस्तु देखिएपछि प्रहरीले उनको तलासी लिएको थियो।