पोखरामा मंगलबार साँझ आएको वर्षासँगैको हावाहुरीले चार घरको छाना उडाएको छ।
पोखरा महानगरपालिका वडा नम्बर ६ फेवाताल किनारको गाइघाटमा रहेका सुकुमबासी टोलका चार घरको छाना उठाएको पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरिकृष्ण पहारीले जानकारी दिए।
सुकुमबासी टोलमा बस्दै आएका रिना गुरुङ, सीता देवकोटा, शक्ति र राधा विकको घरको टिनको छाना उठाएको पहारीले जानकारी दिए। घरका छाना उठाएपछि घरका कोठा सामानहरु कामै नलाग्ने गरी भिजेका र फुटेका छन्।
कोठामा रहेका टिभी, स्कुटर, राइस कुकर फुटेक छन् भने घरभित्र पानी पसेर सुत्न नहुने अवस्था रहेको उनले बताए। उनीहरुका परिवारलाई छिमेकीको घरमा बस्ने व्यवस्था मिलाएको पहारीले बताए।